Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेनपावर संचालकलाई धम्क्याएर लाखौं रकम असुल्ने गिरोह महाशाखाको फन्दामा

काठमाडौँ । महानगरीय अपराध महाशाखाले गुण्डागर्दीमार्फत् लाखौं रकम असुली गर्दै हिड्ने एक गिरोहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ सुकेधाराका ४० बर्षीय मिलन जोशी र दोलखा भिमेश्वर-५ घर भइ काठमाडौँ बालुवाटार बस्ने ३५ बर्षीय रबिन बस्नेत रहेका छन्।

महाशाखाका अनुसार पक्राउ परेका जोशी र बस्नेतले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई आफूहरु उक्त क्षेत्रको दादा भन्दै विदेश पठाएका व्यक्तिहरुबाट प्रतिव्यक्ति पच्चीस हजारका दरले ९० लाख २५ हजार कमिसशन लिएका थिए।

साथै, उनीहरुले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम पनि सञ्चालकसँग माग गरी पटक पटक धम्की दिदै आएको महाशाखाको भनाइ छ। पीडितका अनुसार उनीहरुले यही मङ्सिर १६ गते मेनपावर कम्पनिमै आई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिएका थिए।

उनीहरुले मागेको रकम मेनपावर सञ्चालकले नसक्दा हातपात समेत गरेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई चाहबिलस्थित मित्रपार्कबाट आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुलाई 'आपराधिक लाभ लिएको कसुर'(extortion) मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077