Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालाले छाडिन् पत्रकार महासंघ, महिला उपाध्यक्ष पद खाली

काठमाडौं । नेपाल पत्रकार महासंघमा महिला उपाध्यक्ष पद खाली हुने भएको छ । महासंघको २६औं महाधिवेशनबाट महिला उपाध्यक्षमा चुनाव जितेकी बाला अधिकारीले अब महासंघको नेतृत्वमा नरहने घोषणा गरेसँगै उपाध्यक्ष पद खाली हुने भएको हो ।

महासंघ स्रोतले भने उनले लिखित राजीनामा नदिएको उल्लेख गरेको छ । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अबको गन्तव्य पार्टीको राजनीतितिर भन्दै महासंघको नेतृत्वमा नरहने घोषणा गरेकी छन् । उनले लेखेको स्टाटसले नेपाली कांग्रेसको राजनीतिमा होमिन लागेको संकेत गर्दछ ।

पत्रकार निशा ओलीले उपाध्यक्ष अधिकारीले पदबाट राजीनामा दिएर राजनीतिमा होमिएकोमा धन्यवाद दिएकी छन् । पत्रकार महासंघमा बसेर राजनीति गर्नेहरुका लागि बाला अधिकारीको यो त्याग उदाहरणीय भएको ओलीको दावी छ ।

अधिकारीले आफू महासंघको नेतृत्वमा नरहेपनि मतदाताहरुको मतको भने उच्च सम्मान गर्ने बताएकी छन् । अधिकारी ओखलढुंगाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्–‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको बिधान,आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तब्य रहेको कुरा मलाइ हेक्का छ।नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनमा मलाइ आफ्नो अमुल्य मतदिएर महासंघको नेतृत्वमा पुर्याउनुहुने संपुर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गर्दछु। म महासंघको नेतृत्वमा नरहेपनि तपाइहरुको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइहरुको माझ सुस्ख दुस्खमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तब्य पार्टि राजनिति तिर !!! ’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077