Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जीप दुर्घटनामा नवविवाहित जोडीसहित ४ जनाको मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना नव विवाहित जोडीसहित ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा पाटन–७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।

त्यस्तै घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको छ। पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटना भएको हो।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ। उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ। घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ। जीपका चालक फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077