Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेनाको हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

एजेन्सी । पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा परी दुई पाइलटको मृत्यु भएको छ। पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हो।

इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार ज्यान गुमाउने पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब रहेका छन्।

दुर्घटनापछि उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन। जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077