Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • महोत्तरीमा एक पुरुषको शव फेला, हत्याको आशंका

    महोत्तरीमा एक पुरुषको शव फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.1K
    SHARES

    रामनारायण यादव / महोत्तरी । महोत्तरीमा एक व्यक्ति मृत फेला परेका छन् । जलेश्वर नगरपालिका -७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामसृष्ठ यादव मृत फेला परेका हुन् ।

    उनी एकडारा गाउपालिका- ५ गेना बथनाहामा रहेको ईटा भट्टा नजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् । उनको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।



    उनको मृत्यु, हत्या वा दुर्घटना के हो भन्ने अहिले खुलिनसकेको र पोष्टमार्टमको रिपोर्टपछि मात्र थप भन्न सकिने प्रहरीले बताए ।



    गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी हुँदा मृतक समेत सोहि स्थानमा रहेको र सोही वेलादेखि उनी सम्पर्कविहिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए ।

    उनले मृतक यादवको खोजी सोहि दिनदेखि हुदै आएकोमा उनको शव भेटिएपछि आफुहरु शसंकित भएको तथा घटनाको सुक्ष्म छानविन हुनु पर्ने मांग गरे ।

    यता मृतकको लास भेटिएकै स्थानमा स्थानियहरुले शसस्त्र प्रहरीले उनको हत्या गरेको भनेपछि अवस्था असामान्य बनेको थियो । केहि वुद्धिजिवीले शव पोष्टमार्टम हुन दिन आग्रह गरेपछि उनको शव त्यहाबाट अस्पताल लगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार