Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साढे ३३ किलो सुन तस्करी प्रकरण: गोरेका सहयोगी काले २ लाख धरौटीमा रिहा

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त 'काले' भनेर चिनिने कृष्णगोपाल अग्रवालाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ ।

अग्रवाललाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबारमात्रै नेपाल ल्याएको थियो।

अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश जारी भएको हो।

सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई उनी फरार थिए ।

यसअघि गत असोज १९ गते न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसलामा पक्राउ परेका ५७ जनालाई सफाई दिएको थियो।

यस्तै, अदालतले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077