Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्द्र बानियाँसँग चुनाव हारेपछि विक्षिप्त बने केसी, सिन्धुली पुगेर बिपीको नाम जप्दै रोए

सिन्धुली । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा नेता इन्द्र बानियाँसंग चुनाव हारेपछि नेता जगदिश्वर नरसिंह केसी विक्षिप्त बनेका छन्।

नेता केसीले बिपीको जन्मभुमि पुगेर धर्तीलाई ढोगेका छन् ।

बागमती प्रदेश सभाको संसदीय दलका नेता  बानियाँसँग चुनाव हारेपछि केसी विपीको जन्मभूमि सिन्धुलीको दुम्जा पुगेका हुन् । केसीले उक्त क्षेत्रमा पुगेर धर्तीलाई ढोग गर्दै सामाजिक सञ्जालमार्फत एक स्टाटस समेत पोस्ट गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हेटौडामा पार्टीको प्रथम बागमती प्रदेश अधिवेसनपछि आज कांग्रेस संस्थापक महामानव वी.पी. कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जा आइपुगेको छु । वीपीले पहिलोपटक धर्ती स्पर्श गर्नुभएको दुम्जाको माटोमा उभिएर वी.पी.ले निर्माण गर्नुभएको कांग्रेस, अघि सार्नुभएको आदर्श र देखाउनुभएको लोकतन्त्रको बाटोलाई सम्झिएँ,’ केसीले लेखेका छन्,‘ ‘वी.पी.ले देखाउनुभएको कांग्रेस हिँड्नुपर्ने त्यो बाटो र आजको नेतृत्वले कांग्रेसलाई घिसारिरहेको यो बाटो सम्झिएँ । वी.पी.ले परिकल्पना गर्नुभएको कांग्रेसको निष्ठा र आदर्श आज कोमामा पुर्याइएको छ । यसलाई अब घाटमा पुग्न दिनु हुँदैन, फर्काएर पुनर्जागरण गर्नु र पुनर्जीवन भर्नु आवश्यक छ । वी.पी. जन्मस्थलको पवित्र माटो छोएर आज प्रण गरेको छु कि कुनै पनि अवस्थामा पार्टीलाई विधिविहीन र कार्यकर्तालाई विवेकविहीन बनाउने कार्यविरुध्द सङ्घर्ष गरिरहनेछु । निष्ठाको राजनीति र पार्टीको साख अभिवृध्दिका साथै सबल,सुदृड र बैचारिक काङ्गेसका निम्ति सङ्घर्ष, समन्वय र सहकार्य गर्दै अघि बढिरहनेछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077