Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ? यस्ता छन् आँखासम्बन्धी रोचक तथ्यहरु

    मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ? यस्ता छन् आँखासम्बन्धी रोचक तथ्यहरु

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो। यसले हामीलाई संसार देखाउँछ।

    हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ। आँखाका बारेमा केही रोचक तथ्य यस्ता छन्।



    – मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ।



    – हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ।

    – मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ। त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ।

    – आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ।

    – संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्।

    – आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ।

    – मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्।

    – मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ।

    – आँखाको औसत वजन ८ ग्राम हुन्छ।

    – हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं।

    – प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्।

    – नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन्। उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन्।

    – संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ।

    – मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ।

    – मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ। जसमा रगतको सट्टा अक्सिजन बग्छ।

    – खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पु¥याउने काम मात्रै गर्छ। मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं।

    – मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं।

    – एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ।

    – शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन्।

    – एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ।

    – डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार