Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै हारे, कति पाए मत ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ बाट नेता सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन । सो क्षेत्रमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकटका नेता विरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ।

अमरेशले २४८ मत ल्याउँदा विरेन्द्रले ५१४ मत ल्याएका छन् । अमरेश केन्द्रीय सदस्य डा. शेखर कोइरालानिकट नेता हुन् । अमरेशको समूहले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली र एकलौटी गरेको आरोप लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077