Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विपिन रावत चढेको हेलिकप्टर दुर्घटना: २ जनाको शव फेला, ७ घाइते [भिडियो]

नयाँ दिल्ली । तमिलनाडुको कुन्नूरमा बुधबार एउटा ठूलो दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ (CDS) विपिन रावत, उनकी पत्नी र अन्य अधिकारीहरू सवार सेनाको हेलिकप्टर दुर्घटना भएको हो। भारतीय संचारमाध्यमका अनुसार दुर्घटना २ जनाको शव फेला परेको र ७ जनाको जीवितै उद्धार गरिएको बताइएको छ। दुर्घटनामा सेनापति रावतको अवस्था अज्ञात छ । अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको जनाइएको छ। मौसममा आएको खराबीका कारण दुर्घटना भएको बताइएको छ तर दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077