Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयको गम्भीर त्रुटी, हिजो र आजको कोरोना विवरण एउटै !

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन ४ बजेपछि मुलकभरको कोरोना भाइरस सम्बन्धी जानकारी दिँदै आएको छ।

कोरोना महामारीको सुरुका दिनहरुमा दैनिक ४:१५ मा नियमित ब्रिफिङ गर्ने गरेको मन्त्रालयले पछिल्ला केही महिनादेखि हप्ताको दुई दिन (आइतबार र बुधबार) यसबारे ब्रिफिङ गर्ने गरेको छ । ब्रिफिङ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल र सहप्रवक्ता समीर कुमार अधिकारीले गर्ने गर्छन्।

सुरु-सुरुमा खुब चासो र महत्व पाएको कोरोना पछिल्लो समय केही घटेसँगै सुस्ताएको थियो। यस्तो अवस्थामा मन्त्रालयले आफ्नो वेवसाइट र आधिकारिक भाइबरमार्फ़त नियमित डाटा उपलब्ध गराउने गरेको छ।

तर, मन्त्रालयले बुधबार उपलब्ध गराएको डाटामा भने त्रुटी देखिएको छ । मन्त्रालयको मंगलबारको डाटामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४५ रहेको थियो । तर, बुधबारको डाटामा पनि हालसम्म मृत्यु भएकाहरुको संख्या पनि मंगलबारकै रहेको छ, जबकी मन्त्रालयको बुधबारको तथ्यांकमा २ जनाको मृत्यु भएको भनेर उल्लेख गरिएको छ।

आजको डाटा अनुसार हालसम्म मृत्यु हुनेहरुको संख्या ११ हजार ५४७ हुनुपर्ने हो तर मन्त्रालयले यसलाई सच्च्याएन।

हेर्नुहोस् हिजो मंगलबारको डाटा:                                                                                  हेर्नुहोस् आज बुधबारको डाटा:-

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077