Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नगर भवनमा खटिँदै आएका सुरक्षा गार्ड कृष्ण जिसी रहेका छन्।

जिसीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

नेपालगन्जस्थित बीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट सुरक्षा गार्ड जिसीलाई तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको न्यौपानेले बताए।

जिसी अघिल्लो रात ड्युटी सकेर नगरको क्वाटनमै सुतेको र बिहान त्यहाँबाट निस्किएको केही समयमा नै पक्राउ परेको बताइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077