Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अछामका सिडिओको सरुवा, गृहमन्त्री खाणले रुपन्देहीका सहायक सिडिओलाई अछाम पठाए

काठमाडौं । अछामका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्री बालकृष्ण खाणले त्यहाँका सिडिओको सरुवा गर्दै अर्का एक जनालाई अछाम पठाएका छन्।

बुधवार उप–सचिव विश्वराज मरासेनीलाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवादी दिइएको छ।

मरासेनी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए।

गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीका अनुसार अछाममा कार्यरत रुद्र बहादुर मल्ललाई सरुवा गरेर मरासेनीलाई पठाउने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077