Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

हेलिकप्टर दुर्घटनामा सीडीएस विपिन रावतको मृत्युबारे छानविन सुरु: भारतीय रक्षामन्त्री सिंह

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सेनाको हेलिकप्टर दुर्घटनाबारे लोकसभामा सम्बोधन गरेका छन् ।

बुधबार भएको हेलिकप्टर दुर्घटनाबारे लोकसभामा सम्बोधन गर्दै मन्त्री सिंहले दुर्घटनाबारे छानविन सुरु भएको जानकारी गराए ।

रक्षामन्त्री सिंहका अनुसार हेलिकप्टर दुर्घटनाबारे त्रिपक्षीय छानविन गर्न आदेश दिइएको छ । अनुसन्धानका लागि एयर मार्शल मानवेन्द्र सिंह नेतृत्वको टोली खटिने मन्त्री सिंहले लोकसभालाई बताए।

बुधबार भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा भारतीय चिफ अफ डिफेन्स स्टाफ( सीडीएस) विपीन राउत र उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो।

रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077