Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तरिक्षमा गल्फ खेल्ने यात्रामा निस्किए जापानी अर्बपति मेजावा

एजेन्सी । जापानी अर्बपति युसाकु मेजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसको यात्राका लागि बुधवार प्रस्थान गरेका छन्।

अन्तरिक्ष यात्रामा जाने अर्बपतिको सूचीमा थपिँदै मेजावाले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कुरा गर्ने बताएका छन्।

जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै बेला एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए र उनले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गरेका थिए। उनले सो कार्यक्रम पछि रद्द गरेका थिए।

काजाखास्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिने बिताउने बताइएको छ।

उनले सन् २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रूपमा यसलाई लिइएको छ।

बुधवार मेजावासँगै रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडिओ निर्माता योजो हिरानो रकेटमा थिए। हिरानोले मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडिओ खिच्नेछन्।

मेजावाले यात्राअघि कठिन तालिम गरेका थिए। तालिमका क्रममा उनलाई तेस्रो खाटमा सुत्न, घुमिरहेको मेचमा बसिरहन र लामो समय ब्याडमिन्टन खेल्न लगाइएको थियो। ती सबै अभ्यास उनले आफ्नो सामाजिक सञ्जालमा राखेका छन्। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077