Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • यी हुन् भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरु (नामावली)

    यी हुन् भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरु (नामावली)

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 2.2K
    SHARES

    तस्बिर स्रोत: जी न्युज

    काठमाडौँ ।  भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा परी चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) बिपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।

    बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो।



    मृत्यु हुनेहरुमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर, लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह, विंग कमाण्डर पृथ्वी सिंह चोहान, स्क्वाड्रन लिडर कुलदीप सिंह रहेका छन्।



    यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्रकुमार, लेन्‍स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा, जे डब्ल्यूओद्वय राणा प्रताप दास, अरकल प्रदीप र हाव सत्पाल रहेका छन्।

    दुर्घटनामा एक मात्र जीवित रहेका क्याप्टेन बरुण सिंहको भने उपचार भइरहेको बताईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार