Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीडीएस विपिन राउत हेलिकप्टर दुर्घटना प्रकरण: मौसम खराब रहेको छानबिन समितिको निष्कर्ष

    सीडीएस विपिन राउत हेलिकप्टर दुर्घटना प्रकरण: मौसम खराब रहेको छानबिन समितिको निष्कर्ष

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनाबारे छानबिन गरेको छानबिन समितिले प्रतिवेदन तयार पार्दै प्रतिवेदनमा खराब मौसमका कारण दुर्घटना भएको जनाएको छ ।



    समाचारका अनुसार इण्डियन एयर फोर्स (आईएएफ)ले रक्षामन्त्री राजनाथ सिंहलाई छानबिनबारे जानकारी गराएका छन्  । छानबिनमा मानवीय त्रुटि, प्राविधिक गडबडी वा तोडफोड जस्ता दुर्घटना हुने अन्य कारणहरु कुनै पनि नदेखिएको समाचारमा उल्लेख छ ।



    इण्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा उक्त एमआई–१७भी५ हेलिकप्टरले अचानक खराब मौसमका कारण तामिलनाडुस्थित कुन्नरको जंगलमा दुर्घटना हुन पुगेको उल्लेख छ ।

    गत ८ डिसेम्बरमा भएको हेलिकप्टर दुर्घटनामा सीडीएस रावत, उनी श्रीमती र अन्य १२ जनाको मृत्यु भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार