Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय वायुसेनाले भन्यो- विपिन रावतको मृत्युमा अड्कलबाजी नगरौं, गरिमाको पनि ख्याल राखौं

    भारतीय वायुसेनाले भन्यो- विपिन रावतको मृत्युमा अड्कलबाजी नगरौं, गरिमाको पनि ख्याल राखौं

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । भारतीय वायुसेनाले जनरल बिपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    शुक्रबार वायुसेनाले एक ट्वीट गर्दै ‘ आइएफले ८ डिसेम्बर, २०२१ मा भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान गर्नका लागि कोर्ट अफ इन्क्वाएरीको गठन गरेको छ।  अनुसन्धानलाई तीब्रता दिइनेछ र तथ्यलाई सार्वजनिक गरिनेछ । त्यतिबेलासम्म, मृतकको गरिमाको ख्याल गर्दै विभिन्न अड्कलबाजी गर्न बन्द गरौं ।’



    तमिलनाडुमा बुधबार भएको उक्त हेलिकप्टर दुर्घटना परी रावत र उनकी श्रीमतीसमेत १३ जनाको मृत्यु भएको थियो । भने गम्भीर घाइते ग्रुप क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार