Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीडीएस विपिन रावतको मृत्युलाई लिएर चीनले गर्यो आलोचनापूर्ण टिप्पणी, भारतले के भन्यो ?

    सीडीएस विपिन रावतको मृत्युलाई लिएर चीनले गर्यो आलोचनापूर्ण टिप्पणी, भारतले के भन्यो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 2K
    SHARES

    एजेन्सी। बुधबार भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनामा भारतका प्रथम सीडीएस जनरल विपिन रावतसहित १३ जनाको मृत्यु भएको भन्दै चिनियाँ मिडियाले आलोचना गरिरहेको छ ।

    जनरल रावतले वास्तविक नियन्त्रण रेखामा जारी तनावमा चीनको नाम लिएर बोल्ने गर्दथे भने मोदी सरकारले तनावमा पनि चीनको नाम लिन टार्ने गरेको छ ।



    हालै जनरल रावतले भारतका लागि वास्तविक खतरा पाकिस्तान नभई चीन रहेको बताएका थिए ।



    अहिले जनरल रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने पत्रिका ग्लोबल टाइम्सले भारतलाई गाली गरिरहेको छ । ग्लोबल टाइम्सलाई चिनियाँ सरकारको प्रचार प्रसार गर्ने पत्रिका पनि भनिन्छ । ग्लोबल टाइम्सको टिप्पणीको भारतमा आलोचना भइरहेको छ।

    बिहीबार ग्लोबल टाइम्सले एउटा लेख प्रकाशित गरी चिनियाँ विज्ञहरूलाई उद्धृत गर्दै भनेको छ,  ‘हेलिकप्टर दुर्घटनामा भारतको रक्षा प्रमुखको मृत्युले भारतको सैन्य अनुशासन र युद्धको तयारीलाई मात्र पर्दाफास गर्दैन, तर भारतको सैन्य आधुनिकीकरणको वास्तविकता पनि देखाउँछ।’ ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतमा सैन्य आधुनिकीकरण अझै स्थिर छ र धेरै समय लाग्नेछ।’

    ग्लोबल टाइम्सले लेखेको छ, ‘विश्लेषकहरू विश्वास गर्छन् कि भारतका शीर्ष चीन विरोधी सेना अधिकारीको मृत्युपछि पनि भारतको चीनको आक्रामक छविमा कुनै परिवर्तन हुनेछैन। खराब मौसम, गलत उचाइ र प्राविधिक गडबडीका कारण भारतीय मिडियामा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । यि सबै कारणलाई मानिलिने हो भने यो गडबडी रुसमा बनेको हेलिकप्टर नहुँदा मानवीय हो भन्ने थाहा हुन्छ । एमआई-१७ सिरिजका हेलिकप्टर विश्वका धेरै देशमा प्रयोग भइरहेका छन् ।’


    यो लेख ग्लोबल टाइम्सको आधिकारिक ट्विटर खाताबाट पनि साझा गरिएको छ । यस ट्वीटमा भारतका धेरै महत्वपूर्ण व्यक्तित्वहरूले कडा आपत्ति जनाएका छन्। ग्लोबल टाइम्सको यो लेखको जवाफमा भारतका पूर्व सेना प्रमुख जनरल वेद मलिकले ट्वीट गरे, ‘सामाजिक मूल्यमान्यता र नैतिकताको गम्भीर कमी छ। त्यसोभए हामीले चीनको जनमुक्ति सेनाबाट अरू के आशा गर्न सक्छौं ? बीबीसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार