Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृतविरुद्ध मुद्दा

    एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृतविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ ।

    स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो ।



    छानबिनका क्रममा रु एक करोड ६४ लाख ८९ हजार ७०० बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन । आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले रु एक करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।



    सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार