Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देउवाका जोतिष रिजालले जुराए महाधिवेशन उद्घाटनको शुभसाइत

    देउवाका जोतिष रिजालले जुराए महाधिवेशन उद्घाटनको शुभसाइत

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा आउने दाबी गरेका छन्।

    प्रधानमन्त्री देउवालाई सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका उनै जोतिष रिजालले महाधिवेशनको उद्घाटनका लागि दिउँसो १ बजेको उत्तम साइत समेत निकालेका हुन्।



    ‘ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उदघाटन गर्न लागिएको हो’, देउवानिकट एक नेताले भने।



    यस्तै, रिजालका अनुसार पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ ।

    महाधिवेशनको दिउँसो १ बजे भृकुटीमण्डप काठमाडौँमा सभापति देउवाले उद्घाटन गर्दैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार