Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुकसहित युवक पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले १ थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका-१२ ठुलीपोखरी बस्ने २७ वर्षीय हरि कुँवर रहेका छन् ।

कुँवरलाई १ थान भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोही ठाउँस्थित ऐकोरे जंगलमा कालिज मार्नको लागि अबैध रुपमा बन्दुक लिई गएको अवस्थामा कुँवर पक्राउ परेका हुन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077