Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय वायुसेनाले भन्यो- विपिन रावतको मृत्युमा अड्कलबाजी नगरौं, गरिमाको पनि ख्याल राखौं

काठमाडौँ । भारतीय वायुसेनाले जनरल बिपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । शुक्रबार वायुसेनाले एक ट्वीट गर्दै ‘ आइएफले ८ डिसेम्बर, २०२१ मा भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान गर्नका लागि कोर्ट अफ इन्क्वाएरीको गठन गरेको छ।  अनुसन्धानलाई तीब्रता दिइनेछ र तथ्यलाई सार्वजनिक गरिनेछ । त्यतिबेलासम्म, मृतकको गरिमाको ख्याल गर्दै विभिन्न अड्कलबाजी गर्न बन्द गरौं ।’ तमिलनाडुमा बुधबार भएको उक्त हेलिकप्टर दुर्घटना परी रावत र उनकी श्रीमतीसमेत १३ जनाको मृत्यु भएको थियो । भने गम्भीर घाइते ग्रुप क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077