Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राजनीतिक पार्टी भनेकै एमाले र काँग्रेस हो : केपी ओली

    राजनीतिक पार्टी भनेकै एमाले र काँग्रेस हो : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 810
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेकै एमाले र काँग्रेसमात्र भएको दाबी गरेका छन् ।

    शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र कांग्रेस बाहेक अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे ।



    ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्यक्ष ओलीले भने।



    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एमाले नै देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको दावी समेत गरे ।

    उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए ।  ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ, त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीले भने।

    अध्यक्ष ओली यस कार्यक्रमपछि कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी जनाउन भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ।

    भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार