Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजेन्द्र लिङ्देनप्रति केपी ओलीको कटाक्ष: 'भर्खर-भर्खर जन्मेको बाच्छो हिँड्न जान्दैन, कुद्न खोज्छ'

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले राप्रपा अध्यक्ष लिङ्देनको अभिव्यक्तिमा आपत्ति जनाए।

ओलीभन्दा केहीबेर अघि सम्बोधन गरेका लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन, बेसी कुद्छ ।’

अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ओली र लिङ्देन दुवै झापा जिल्लावासी हुन् ।

कार्यक्रममा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो पुरानो साथी समेत रहेको बताए। यसअघि केही समय अघिको एमाले महाधिवेशनको समयमा पनि प्रधानमन्त्री देउवाले ओली र आफू जेल भित्रदेखिकै साथी रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077