Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनआरएनए निर्वाचन समितिका संयोजकले दिए राजीनामा

काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले नेपाल बार एसोसिशनको जारी आन्दोलनका कारण राजीनामा दिएको बुझिएको छ। संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पौडेलले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।

पौडेल नेपाल बार एसोसिएसनका महासचिव हुन्। पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ। निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बर सम्मका लागि सरेको छ।

निर्वाचनका लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखी १७ तारिख बिहान १० बजे सम्म उम्मेदवारी गर्दा गर्ने समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077