Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आफ्नो अवधारणाप्रति ओलीले हतारमा टिप्पणी गरेको थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनको पूर्वसंध्यामा जारी गरेको ‘समुन्नत नेपालीःसम्मानित नेपाली’को अवधारणाप्रति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा टिप्पणी गरेको बताएका छन्।

शनिबार ट्वीट गर्दै उनले अवधारणा पढेको थाहा पाएर खुशी लागेको बताएका हुन्।

उनले लेखेका छन्–‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो। तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ।’

उनले थप भनेका छन्–‘मैले २०७२मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमैं कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपालःसम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077