Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उम्मेदवारी मनोनयनबाटै ५८ लाख ९५ हजार उठायो कांग्रेसको निर्वाचन समितिले

    उम्मेदवारी मनोनयनबाटै ५८ लाख ९५ हजार उठायो कांग्रेसको निर्वाचन समितिले

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

    १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो ।



    समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।



    नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति र महामन्त्री पदमा ६÷६ जनाको उम्मेदवारी परेको छ भने उपसभापतिमा ७ जनाको उम्मेदवारी परेको छ सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।

    केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार