Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सभापतिमा पराजित सिंह र निधि केन्द्रीय सदस्य बन्दा रिजाल अटाएनन्

    सभापतिमा पराजित सिंह र निधि केन्द्रीय सदस्य बन्दा रिजाल अटाएनन्

    पौडेल, सिटौला र गच्छदारसहित १० जना मनोनीत

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

    देउवाले नेता रामचन्द्र पौडेलसहित सभापतिमा पराजित भएर दोस्रो चरणमा आफूलाई समर्थन गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि केन्द्रीय सदस्य बनाएका छन् ।



    त्यसैगरी विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।



    नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए ।

    गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् भने महत महामन्त्रीमा पराजित भएका थिए । कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “सभापतिमा पराजित सिंह र निधि केन्द्रीय सदस्य बन्दा रिजाल अटाएनन्”

    1. […] देउवाले शनिबार नेता रामचन्द्र पौडेलसहित   प्रकाशमान सिंह, विमलेन्द्र […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार