Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सभापति देउवाद्वारा पौडेल, शाही र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित

    सभापति देउवाद्वारा पौडेल, शाही र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका छन् ।

    देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।



    सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेल केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् ।



    यसअघि देउवाले शनिबार नेता रामचन्द्र पौडेलसहित   प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत १० जनालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

    कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार