Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिस्पर्धात्मक खेलमा चेल्सीको रोमाञ्चक जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तरगतको खेलमा लिड्स युनाईटेडविरुद्ध चेल्सी विजयी भएको छ। शनिबार राति भएको खेलमा चेद्यसीले लिड्सविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकालेको हो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जर्जिन्होले गरेको गोल सजत पक्का गरेको थियो। चेल्सीको जितमा जर्जिन्हो नायक बने। उनले २ गोल गरे।

खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए। ४३ मिनेटमा चेल्सीका मेसन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो।

५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २–१ को अग्रता बनायो। ८३औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २–२ अवस्थामा रह्यो। जर्जिन्होले खेलको इन्जरी समयमा गोल गर्दा चेल्सीले तीन अङ्क जोड्यो।

जितसँगै १६ खेलबाट ३८ अङ्क बनाएको सिटी शीर्ष स्थानमा छ। ३७ अङ्कको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अङ्कको चेल्सी तेस्रो स्थानमा यथावत् छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077