Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल बोर्डबाट नक्कली सिफारिस ल्याएकाहरुको वीर अस्पतालमा हालिमुहाली, प्रशासन मौन

काठमाडौं । स्वास्थ्य उपकरण खरिद, भवन निर्माण तथा अवैध कर्मचारी भर्नामा कारण पटक–पटक विवादमा पर्दै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित वीर अस्पतालमा फेरि अर्को समस्या देखिएको छ ।

नेपाल सरकारको नियमअनुसार विभिन्न स्थानमा समायोजन भएका कर्मचारीहरुले अनेक बहाना बनाई वीरमै कब्जा जमाइरहँदा समायोजन भएको स्थानमा भने कर्मचारीको अभाव देखिएको छ ।

वीरका केही कर्मचारीहरु २ वर्षसम्म पनि समायोजनपछि तोकिएको कार्यस्थलमा नगई वीरमै अड्डा जमाएर बसेका छन् । स्वास्थ्यमा खासै समस्या नभएका कर्मचारीहरु पनि वीर अस्पतालको मेडिकल बोर्डबाट गम्भीर प्रकृतिको रोग लागेको भन्दै नक्कली सिफारिस बनाई समायोजन भएको स्थानमा जान आनाकानी गरिरहेको वीरकै कर्मचारीहरु बताउँछन् ।

नेपाल मेडिकल बोर्डको सिफारिसमा कुनै पनि कर्मचारीलाई कडा र जटिल किसिमको रोग लागेको पुष्टी भएमा कर्मचारीले चाहेको स्थानमा नै काम गर्न पाउने नियम रहेको छ ।

सोही नियमको दुरुपयोग गर्दै वीरका कतिपय कर्मचारीले चिनेको चिकित्सकबाट प्रेस्किप्सन बनाई बोर्डबाट कडा रोग लागेको सिफारिस बनाएको प्रमाण समेत भेटिएको छ । बिचौलियाहरुले ३ लाखदेखि साढे तीन लाख रकम असुलेर त्यस्ता सिफारिस बनाइदिएको पनि स्रोतको दावी छ ।

वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस बिदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ भने ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ।

यस किसिमको सिफारिस लिएर वीर अस्पतालमै १५ भन्दा बढी कर्मचारी कार्यरत रहेको जनाइएको छ । जब कि ती कर्मचारीहरु दैनिक रुपमा उपत्यकाका विभिन्न स्थानमा आफैं सवारी साधन चलाएर अस्पतालको काम गर्न आइपुग्छन् । ती मध्ये अधिकांश वीर अस्पतालको भन्सारको रुपमा मानिएको स्टोर शाखामा कार्यरत छन् ।

उनीहरुको पुनः एकपटक स्वास्थ्य जाँच गरेमा बोर्डको बदमासी छर्लङ्ग हुने वीरकै एक कर्मचारी बताउँछन् । उनी भन्छन्–‘विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो शंकर झालगायतहरु दैनिकरुपमा भक्तपुर, बालाजु, बुढानीलकन्ठ जस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आएर दिनमा दसौंपटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन्, विभिन्न खेलकुद प्रतियोगिामा भाग लिन्छन्, तर कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरी सरुवा भएको स्थानमा नगई यहीँबाट जागिर खाइरहेका छन् ।’

ती मध्येका टिकाराम पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिर्पोट बनाएका छन् । उनै पनेरुलाई स्वास्थ्यकर्मी संंघका अध्यक्ष रामजी घिमीरे र नर्स रमिला चौलागाईंको पहुँचको आधारमा मेडिकल स्टोरको जिम्मा दिइएको छ । जब कि स्टोरमा शारिरीक काम बढी हुन्छ, जहाँ धेरै हिँड्नुपर्छ ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपक भट्टको नाम लिएर मेडिकल माफियाहरुसँग चन्दा उठाउँदै आएका उनले वीर अस्पताल कै निर्देशकलाई समेत नटेर्ने गरेको वीर अस्पताल स्रोत बताउँछ । तिनै पनेरुले अस्पताल फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधि विना आदेश मगाएर म्याद सकिएपछि सो औषधी फिर्ता नगरी भुक्तानीको लागि दबाब समेत दिएको निर्देशक कार्यालय स्रोतले जनाएको छ ।

पनेरुले वीर अस्पतालको सरसफाइको टेन्डर समेत आफूनिकटलाई दिलाएका छन् । केही समय अघि अस्पतालले गरेको सुरक्षा गार्डको टेन्डरमा पनेरुले आफू निकटकालाई पार्न नसकेपछि सो टेण्डर नै रद्द गराएका छन् ।

पनेरुले नक्कली मेडिकल बोर्ड सिफारिस बनाएको भन्दै प्रधानमन्त्री कार्यालयदेखि स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी परिसकेको छ । त्यसोत उनीमाथि कोभिड भ्यासिन लगाउदा पैसा लियर खोप लगाउने आरोप समेत लागेको थियो ।

स्रोतका अनुसार वीर अस्पतालका १५ बढी कर्मचारीले मेडिकल बोर्डबाट कडा रोग भनी सिफारिस बनाएका छन् । अस्पतालमा तलबबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरु बस्न खोजेको स्रोतको दाबी छ । अस्पतालमा हाल ९ जना मात्र अहेवको दरवन्दी छ । तर, हाल ३६ जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077