Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोल्टीमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

    कोल्टीमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २६ मंसिर २०७८
  • 1.8K
    SHARES

    बाजुरा । दुई दिनदेखि बाजुराको कोल्टी क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । कालजाग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेपछि सेवा अवरुद्ध भएको हो ।

    टेलिफोन सेवा अवरुद्ध हँुदा कोल्टीमा बैंकिङ गतिविधिलगायत अन्य सम्पूर्ण अवरोध भएको छ । फोन र नेट दुवै सेवा बन्द हँुदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ । टेलिकम बाजुराका अनुसार काठमाडौँबाट सामान मगाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको जनाएको छ ।



    डडेल्धुराबाट प्राविधिक टोली आइसकेको र सामान बाटोमा रहेकाले सोमबार साँझसम्म सेवा सञ्चालनमा आउन सक्ने जनाएको छ ।



    सदरमुकाम मार्तडी क्षेत्रमा सञ्चालनमा रहेको इन्टरनेट सेवासमेत गुणस्तरीय नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गुनासो बारम्बार आउने गरेको छ । दुई साताअघि मात्रै जिल्लास्थित सञ्चारकर्मीले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन माग गर्दै नेपाल टेलिकम शाखा बाजुरा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार