Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शनिवार साँझदेखि बाजुरामा अनिश्चितकालीन यातायात बन्द

    शनिवार साँझदेखि बाजुरामा अनिश्चितकालीन यातायात बन्द

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 714
    SHARES

    बाजुरा । बाजुरामा यातायात सेवा बन्द गरिएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै यातायात सेवा बन्द गरिएको हो ।

    मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो ।



    उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो । अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।



    लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । यात्रुहरु अलपत्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार