Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भोलिबाट संसद अधिवेशन शुरु गर्न आज सांसदहरुको कोरोना परीक्षण हुँदै, कांग्रेसी सांसद अलमल्ल

काठमाडौं। संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबार (भोली)बाट सुरु हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १६ गते भोली अर्थात मंसिर २८ गते मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले आज बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् ।

संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।

तर, सत्तारुढ दल नेपाली कांग्रेसको भने अहिले महाधिवेशन चलिरहेको छ । १४औं महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । मतदान चलिरहँदा कांग्रेसी सांसद भने भोट माग्ने कि कोरोना जाँच गर्न संसद भवन जाने भन्नेबारे अलमल्लमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077