Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पनि ७९.५७ अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से परिसूचक ७९.५७ अंकले घटेर २२ सय ८१ विन्‍दुमा अडेको छ। कारोबारको अघिल्लो दिन अर्थात् आइतबार नेप्से ८८ अंकले घटेर २३ सय ६१ विन्दुमा बन्द भएको थियो।

नेप्से घट्दा ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १२ अंक बढीले घटेर ४३७.५९ विन्दुमा झरेको छ।

आज(सोमबार) २२३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भयो।

आइतबार २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा केही सुधार देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077