Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

दाङ । दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु भएको छ ।

आज घोराही उपमहानगरपालिका–१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही–१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077