Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उच्च प्रहरी अधिकारीसँग बसेको तस्विर देखाउँदै असुली धन्दा चलाउँथिन एन्जिना

काठमाडौं । पत्रकारको भेषमा विगत लामो समय देखि विभिन्न व्यक्ति तथा सहकारीबाट रकम असुल्दै आएको अभियोगमा रंगेहात पक्राउ परेकी एन्जीना कार्कीका फेहरिस्त विस्तारै खुल्दैछन् ।

भारतीय दूतावासदेखि नेपालका भिभिआईपीसँग राम्रो सम्बन्ध रहेको देखाउन उनीहरुसँग खिचेका फोटो प्रयोग गरेर कार्कीले ठगी गर्दै आएको यसअघि नै खुलिसकेको छ ।

त्यतिमात्र होइन, कार्कीले पूर्व एआईजी पुष्कर कार्की र हालका एआईजी विश्वराज पोखरेलसँग पनि आफ्नो राम्रो सम्बन्ध छ भन्दै प्रहरीकै तल्लो तहका अधिकारीहरुलाई धम्की दिने गर्थिन् । प्रहरी हाकिमसँग राम्रो सम्बन्ध भएको बताउने एन्जिनाले कार्की र पोखरेलकै नाममा असुली धन्दा चालएको समेत खुलेको छ ।

ठगी धन्दा चलाउँदै आएकी एन्जिनालाई मंसिर २२ गते नै महानगरीय प्रहरी प्रभाग जनसेवाले एक लाख नगदसहित पक्राउ गरेको थियो ।सोलुखुम्बु टिम्लाकी ३४ वर्षिय अविवाहित एन्जिना एक सहकाकरीसँग ठूलो रकम बार्गेनिङ गर्दै गर्दा बसन्तपुरको द हिमालयन क्याफेबाट पक्राउ परेकी हुन् ।

एन्जिनाले तीनवटा मिडियालाई मिलाउनुपर्छ भन्दै उक्त सहकारीसँग पहिले २० लाख मागेका थिइन् । पछि १६ लाखमा सहमतिमा आएकी एन्जिनाले भनेजति रकम पाइसकेपछि पनि सहकारीसँग बार्गेनिङ गर्न नछाडेपछि सहकारीले नै प्रहरीलाई खबर गरेको थियो ।

एन्जिनाले उक्त सहकारीसँग आफ्नो समूह रहेको र समूहलाई नै मिलाउनु पर्ने भन्दै बार्गेनिङ गरेकी छन् । उनले सगरमाथा टेलिभिजन, न्युज२४ टेलिभिजन र नेपाल आज नामक अनलाईनलाई मिलाउनुपर्ने भन्दै रकम बार्गेनिङ गरेको अडियो समेत बाहिरिसकेको छ ।

भारतीय टेलिभिजन जीन्यूज छाडिसकेकी उनले जीन्यूजको नाम बेच्न भने छाडेकी थिइनन् । एन्जिनाले भिआईपीहरुसँग बसेको फोटो देखाएर पत्रकारको नाममा ठगी गर्दै आएकी थिइन् । उक्त सहकारीले पटक–पटक गरेर १५ लाख दिइसकेको थियो । तर, पछि एक लाख लिन आउँदा भने सहकारीकै सहयोगमा प्रहरीले एन्जिनालाई पक्राउ गरेको हो ।

[insert page='103162' display='yopanipadhnuhos.php']

यसरी ठगी गरेकै रकमबाट एन्जिनाले भैसेपाटीको एक हाउजिङ किनेकी छन् भने प्रत्येक तीन महिनामा नयाँ गाडी फेर्ने गर्थिन ।

अहिले कुनै पनि संचार माध्यममा आवद्ध नरहेकी एन्जिनाले पत्रकारिता पेशाको नाममा ठगी धन्दा चलाई रहेकी छन् । रकम बार्गेनिङ गरेको अडियो छ्याप्छप्ती हुँदा र रकम लिंदै गरेको अवस्थामा रंगेहात पक्राउ पर्दा समेत एन्जिना अझैपनि नेपाल प्रहरीका एआईजी र भारतीय दूतावासको नाम लिएर बच्ने प्रयासमा छिन् । त्यतिमात्र होइन हिरासतमा रहँदा समेत एन्जिनाले भारतीय गुप्तचर संस्था ‘रअ’ सँग पनि आफ्नो ‘डाइरेक्ट’ सम्बन्ध रहेको भन्दै प्रहरीलाई नै उल्टै धम्की दिइरहेकी छन् ।

पक्राउ परेकी एन्जिनालाई अहिले सोह्रखुट्टे प्रहरी बृत्तमा राखिएको छ । जनसेवा प्रहरीले म्याद थप गरेर उनीमाथि अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077