Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हाइटीमा इन्धनको ट्याङ्की विस्फोट : ५४ जनाभन्दा बढीको जलेर मृत्यु

एजेन्सी । हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५४ जनाको मृत्यु भएको छ। सो घटनामा दर्जनौँ व्यक्तिहरू घाइते भएको बताइएको छ।

स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप–हैटियनमा भएको हो। घटनामा कम्तीमा ५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए।

उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ।

उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको छ। ती घरहरूमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077