Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१३११ ग्राम सुन बोकेर बंगलादेश जान लागेका ५ बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो धातुसहित ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले उनीहरुको साथबाट बिष्‍कुट आकारको वस्तु, चेनरोल, औठी र चुरा बरामद गरेको छ । पक्राउ पर्नेहरुमा बंगलादेशी नगरिकहरु राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनविर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडि युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडि मिराजुल ईस्लाम रहेका छन् ।

पक्राउमध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन जस्तो धातु बरामद भएको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको धातु फेला परेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077