Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई प्रदीप पौडेलले दिए बधाई

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएका नेता प्रदीप पौडेलले निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास भएको टिप्पणी गरेका छन्।

दुई जना महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक अन्तिम परिणामअनुसार पराजित भएका पौडेलले विजयी भएका नेताद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिँदै यस्तो टिप्पणी गरेका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् । पराजित पौडेलले एक हजार ३९३ मत पाए ।

नेता पौडेलले सामाजिक सञ्जालमार्फत लेखेका छन, 'हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटकाे मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।'

यस्तै उनले आगामी दिनहरुमा पार्टीलाई गतिशील बनाउन अझ सक्रिय रहिरहने बताएका छन्  । '१४ औं महाधिवेशनमा मलाई विश्वास गरेर महामन्त्रीमा मत दिनुहुने र महाधिवेशन सफल बनाउन सक्रियताका साथ सहभागी महाधिवेशन प्रतिनिधिलगायत सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक एबं हितैषी साथीहरु र समग्र कांग्रेस परिवारप्रति सुहृदय आभार एवम् धन्यवाद व्यक्त गर्दछु ।' फेसबुकमा  पौडेलले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077