Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको नेतृत्व भष्मासुरको हातमा पर्दा ऐतिहासिक अवसर गुम्यो: झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताएका छन् ।

बिहीबार पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेता खनालले  केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पुर्याइरहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको बताए।

नेता खनालले केपी शर्मा ओली नेतृत्वले दुई तिहाइ बहुमत हुँदा त्यसलाई सम्हाल्न नसकेको र अहिले  पुनः एमालेले बहुमत ल्याउने भ्रम फैलाइरहेको बताए ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै नेता खनालले बहुसङ्ख्यक जनतालाई न्यायोचितरूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077