Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

४० वर्षपछि पहिलो पटक ब्रिटेश सेनाले खसालिदियो शत्रुको ड्रोन

एजेन्सी । ब्रिटेनको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालिदिएको छ।

झण्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो।

ब्रिटेनको रक्षा मन्त्रालयले भनेको छ ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो।

उसले कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्ने खुलाएको छैन्।

यस खालको पहिलो कारबाही
रक्षामन्त्री बेन वालेसले उक्त हमलाले हवाई क्षेत्रमा शत्रुलाई निशाना साँध्न सक्ने आरएएफको सामर्थ्य प्रदर्शित गरेको बताए । साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलवार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न भनिएको थियो।

पाइलटहरूले त्यसलाई पहिचान गरे र आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेका थिए। इराक नजिकैको सीमा क्षेत्रमा उक्त घटना भएको थियो।

ब्रिटिश हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात् ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ।

आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो यस्तो खालको हवाई कारबाही हो। इराक वा सिरियामा पनि यूकेको हवाई फौजले पहिलोपटक यस्तो हमला गरेको हो। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077