Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छोराको पर्खाइमा रहेकी मेक्सिकन अभिनेत्री तानियाको गोली हानी हत्या

एजेन्सी । मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ ।

अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार मोरिलोस राज्यको क्युअरनाभा सहरस्थित एक फूटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउदा उनको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रुपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँचवटा सांगीतिक एलबम सार्वजनिक गरेकी उनले दर्जनौं ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।

यसअघि सन् २०१० मा पनि अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न नसकेको समाचारमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077