Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी । जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन्।

जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार शुक्रबार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो ।

एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077