Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईका अनुसार सरकारले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

'पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077