Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारी जुटेका हुन्।

प्रधानमन्त्री देउवाले आज सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा पनि विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

बैठकमा सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकबारे सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग आजै प्रधानमन्त्री देउवाले भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालसँगको भेटपछि अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने तयारीमा प्रधानमन्त्री देउवा जुटेको सचिवालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077