Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित

    मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पीछडिएको क्षेत्रका लागि सहमामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन् ।

    शेखर कोइराला पक्षका पाण्डेले चुनाव जित्दा संस्थापन पक्षका शाही पराजित भएका हुन् । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा केन्द्रीय सदस्य थिए ।



    पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याए । यसअघि संघीय सरकारको संस्कृति तथा पर्यटन उड्डययनमन्त्री बनिसकेका शाही पार्टीमा सभापति देउवा निकट नेताको रुपमा चिनिन्छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार