Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस सहमहामन्त्रीमा पराजित भएका मुख्यमन्त्री शाहीले भने- प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ

    कांग्रेस सहमहामन्त्रीमा पराजित भएका मुख्यमन्त्री शाहीले भने- प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन्।

    पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले  पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए।



    सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत–हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ ।



    नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गरेका छन् । ‘म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन,’ शाहीले सन्देशमा भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार