Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

    कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 861
    SHARES

    फाइल फोटो

    सुर्खेत । कर्णाली प्रदेशको प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

    मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।



    मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।



    बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए । त्यसपछि सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए ।

    मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार